अध्यादेशबाट कानुन ल्याएर प्रदेश प्रहरी भर्ना गर्छौं: मन्त्री साह

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ७ : ०८


जनकपुरधाम। मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारले प्रहरी समायोजन नगरे स्थानीय निर्वाचन पश्चात् अध्यादेशबाटै प्रदेश प्रहरी भर्ना गर्ने बताएका छन्।

वैशाख ३० गतेसम्म प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएको बताउँदै मन्त्री साहले बताए। बिहीबार बिहान मधेश भवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे आफूहरूले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने बताए।

उनले भने, ‘मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको छ। संघीय सरकारले अविलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको छु तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ। ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं।’

उनले विधेयकबाट जाँदा बढी समय लाग्ने भएकाले अध्यादेश मार्फत नै जाने बताए।


प्रतिक्रिया दिनुहोस्