रेग्मी समाजको बागमती प्रदेश समिति गठन

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १ : ५७


काठमाडौँ। रेग्मीहरुको बागमती प्रदेश भेला सम्पन्न भएको छ । कौशिक गोत्रीय रेग्मी बन्धु समाज केन्द्रीय समिति को आयोजनामा सम्पन्न शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम बिच बागमती प्रदेश समिति पनि गठन भएको छ।

शेषराज रेग्मी को अध्यक्षतामा गठन भएको १२ सदस्सीय बागमती प्रदेश समितिमा उपाध्यक्ष राम सरण रेग्मी , कोसाध्यक्ष शर्मिला रेग्मी , सदस्य पूजन रेग्मी , विवेक रेग्मी , हरिकृष्ण , कुलबहादुर रेग्मी लगायत रहनु भएको छ ।

बालाजु बाइसधारा पार्कमा सम्पन्न भेलामा प्रमुख अतिथि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी हुनुहुन्थ्यो , भने विशिष्ट अतिथिको रुपमा नेपाल राष्ट्र बैङ्कका सञ्चालक रामजी रेग्मी र नेपाल सरकारका पूर्व सचिव सितलबाबु रेग्मी लगायत ले सम्बोधन गर्नु भएको थियो।

रेग्मीहरुको उत्पत्ति भएको रेगम गाउलाई पवित्र पर्यटकीय क्षेत्रमा बदल्ने र गोर्खाको घ्याल्चोक मा केन्द्रीय कुल पूजा स्थल बनाउने लगायतका योजनाहरु भएको रेग्मी समाजका केन्द्रीय अध्यक्ष निल प्रसाद रेग्मीले बताउनु भएको छ । करिब ७ लाखको सङ्ख्यामा रहेका रेग्मीहरु गोर्खा , धादिङ , पाल्पा , झापा , दाङ लगायतका जिल्लामा छरिएर रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्