काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गगलबार दशरथ रङ्गशालामा भएको पुरुष फुटबलको उपाधि नेपालले जितेको छ ।
फाइनल प्रतिस्पर्धामा भुटानलाई हराएर नेपालले स्वर्ण जितेको हो । नेपालका लागि खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरेका थिए ।
पहिलो हाफमै भुटानका चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफमा नेपालका लागि सुनिल बलले खेलको ५३ औं मिनेटमा गोल गरे । भुटानले भुटान विरुद्ध २-१ को जित निकालेको हो ।
अघिल्लो सागको विजेता टोली नेपाल आत्मविश्वासी टोलीका रूपमा मैदानमा उत्रिएको थियो ।
नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो । त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो ।
नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो ।
यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो । त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो ।
भुटान भने पहिलो पटक सागको फाइनलमा प्रवेश गरेको हो । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाको तालिकामा नेपाल र भुटान दुवै पुछारतिर रहेका छन् ।
नेपाल १७० औँ स्थानमा छ भने भुटान १८९ औँ स्थानमा छ ।