बालविवाह रोक्दै किशोरी समूह

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : ०५


गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका तेजनारायण महतोले आफ्नी १७ वर्षीया छोरीलाई विवाह गर्न लागेको सूचना प्रहरीमा पुगेपछि  विवाह रोकिएको हो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बालविवाह हुन लागेको सूचनाका आधारमा विवाह रोकिएको जानकारी दिनुभयो । 

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र  र सेभ द चिल्ड्रेनको सहयोगमा यहाँ सञ्चालित किशोरी तथा किशोर समूह कार्यक्रमको पहलमा बालविवाह रोक्ने काम हुँदैआएको छ ।  नगरपालिका भित्र २४ किशोरी, १२ किशोर र १२ वटा अभिभावक समूह गठन भई बालविवाह, लैङ्गिकहिंसा, बालश्रम रोकथामका लगायतका क्षेत्रमा क्रियाशील रहेका छन् । विगत दुई वर्षमा नगरपालिकाभित्र २१५ बालविवाह रोकिएको मनोविमर्शकर्ता एवं महिला अधिकारकर्मी बनिता कार्कीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्