बुद्ध–सरयू चलचित्र महोत्सव सफल बनाउने साझा प्रतिबद्धता

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : १५


दाङ । अर्को महिना पुस ११, १२ र १३ गते दाङमा हुन थालेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव– २०७६ सफल बनाउन दाङका प्रमुख राजनीतिक दल, जनप्रतिनिधि नागरिक समाज, उद्योगी, व्यसायी, पत्रकार, सरकारी तथा गैरसरकारी संस्था तथा सरोकारवालहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

महोत्सव मूल आयोजक समितिले गरेको बृहत् अन्तत्र्रिmया कार्यक्रममा सबै सरोकारवाला निकायहरुले साझा प्रतिवद्धता व्यक्त गरेका हुन् । महोत्सवलाई घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघले ऐक्यवद्धता व्यक्त गरिसकेका छन् ।

बृहत अन्तत्र्रिmया कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीले महोत्सवले प्रदेश ५ को कला, साहित्य, संस्कृति र चलचित्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले महोत्सव सफल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवम् वरिष्ठ साहित्यकार अमर गिरीले चलचित्र महोत्सव प्रदेश ५ का लागि नौलो भएको उल्लेख गर्दै यसले यो प्रदेशको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार सुशील गौतमले चलचित्र महोत्सवले सामाजिक, साँस्कृति एवम् ऐतिहासिक चलचित्रहरुको प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मण आचार्यले चलचित्रले जनताको वास्तविक स्थितिको चित्रण गर्ने उल्लेख गर्दै महोत्सवले आगामी दिनमा चलचित्रको विकासमा थप सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्यले चलचित्र पर्यटन प्रवद्र्धनको एउटा प्रमुख माध्यम भएको उल्लेख गर्दै यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

चलचित्र निर्देशक मुनाल घिमिरेले महोत्सवलाई सफल बनाउन सबैले साझा प्रतिबद्धता व्यक्त गरेकोमा खुशी व्यक्त गर्नुभयो । महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितले चलचित्र महोत्सव सबैको साझा भएको उल्लेख गर्दै सहयोगका लागि अपिल गर्नुभयो ।

कार्यक्रममा  जनप्रतिनिधि, नागरिक समाज, पत्रकार महासंघ, उद्योगी व्यसायी, चलचित्रकर्मी, प्याव्सन, मानवअधिकारकर्मी, युवासंघ, महिला अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण महोत्सव मूल आयोजक समितिका सचिव एवम् प्रचारप्रसार उपसमितिका संयोजक पाण्डव शर्माले गर्नुभएको थियो ।

प्रदेश नं ५ मा पहिलोपटक हुन थालेको राष्ट्रियस्तरको चलचित्र महोत्सवले यस क्षेत्रको चलचित्र तथा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने संयोजक केएल पीडित बताउनुहुन्छ । महोत्सवमा ऐतिहासिक चलचित्रहरु प्रदर्शन गरिने छन् । त्यसैगरी चलचित्रको विकास तथा यसका अवसर र चुनौती लगायतका विषयमा राष्ट्रियस्तरको बहस गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रलाई राष्ट्रियस्तरका व्यक्तित्वहरुलाई अवलोकन गराइने छ ।
 


प्रतिक्रिया दिनुहोस्