सांसद र कर्मचारीहरुको मैत्रीपूर्ण फुटबल (भिडियो)

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ८ : ५०


काठमाडौं । संघीय संसद सेवा दिवसका अवशरमा संसद सचिवालयका कर्मचारी र सांसदहरुको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा संसदका कर्मचारीको टिमले सांसदको टिमर्लाइ पराजित गरेको छ । कर्मचारीको टिमले सांसदहरुको टिमलाई ४—० गोलअन्तरले पराजित गरेको हो । 

सांसदहरुको टिमको नेतृत्व राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले गर्नुभएको थियो । कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गर्नुभएको थियो । संघीय संसद सेवा दिवसका अवशरमा मैत्रीपूर्ण फुटबल भएको हो । 


प्रतिक्रिया दिनुहोस्