सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : २१


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आफ्नो २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन र वित्तिय विवरण प्रस्तुत गरे।

आर्थिक बर्ष २०७७/७८ मा कम्पनीले विभिन्न बीमा व्यवसायबाट २ अर्ब ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेकोे छ।

यसैक्रममा साधारण सभाको दिनसम्म कम्पनीले १ अर्ब ९२ करोड बीमा शुल्क आर्जन गरिसकेको उनले जानकारी दिए।

सभाले हाल कायम चुक्तापुँजीबाट १ अर्ब १२ करोडको १५ को बोनस शेयर जारी गर्ने र कर प्रयोजनका लागि ०.७८५९ प्रतिशत लाभांस प्राप्त गर्ने र मर्जर सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्