मारिओपोल सहरमा १ हजार युक्रेनी सेनाले आत्मसमर्पण गरे

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ०७


मस्को । रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो।

सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ।

‘मारिओपल सहरमा ३६ औँ मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्