फुटबल हेर्न गएका दर्शकलाई प्रहरीको ‘किक’ (भिडियो)

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ६ : ४०


काठमाडौं । १३ औं सागको फुटबलको फाइनलमा आज नेपाल र भुटानबीचको खेल हुँदै छ । 

जसका कारण नेपाली दर्शकहरु फुटबल हेर्नका लागि रंगशाला प्रवेश गर्न आतुर छन् ।

टिकट नपाएको भन्दै दर्शकले रंगशालाबाहिर प्रदर्शन गरेपछि प्रहरीले लात्ति र लाठि चार्ज गरेको छ ।

 

टिकट लिन पुगेका दर्शक रंगशालाबाहिरै प्रहरीबाट कुटिएका हुन् ।

प्रहरीले दर्शकमाथि कुटिरहेको भिडियो खिच्ने क्रममा खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो ।

घाइते चापागाईको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।

यता प्रहरीले टिकट सकिएपछि आएका दर्शकको भिडलाई हटाएको बताएको छ ।


 


प्रतिक्रिया दिनुहोस्