‘ए मेरो हजुर-४’ रिलिज हुने अघिल्लो दिन सुहाना र अनमोल हरेकृष्ण धाममा

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : ५१


काठमाडौं । झरना थाापा निर्देशित चलचित्र ‘ए मेरो हजुर-४’ भोलि अर्थात बैशाख १ गते रिलिज हुँदै छ।

वैशाख १ गतेबाट नयाँ वर्षको अवसर पारेर ‘ए मेरो हजुर ४’ रिलिज गरिन लागेको हो।

सोही मितिमा एक दक्षिण भारतीय चलचित्र पनि रिलिज हुने भएकाले ‘मेरो हजुर-४’को व्यापारमा कति असर गर्ला भन्ने अनुमानहरू भइरहेका छन्। तर, फिल्म निर्माता टिमले पूर्वनिर्धारित समयमै सो फिल्म रिलिज हुने जनाएको छ। र नेपाली चलचित्रलाई माया गर्न समेत फिल्म टिमले आग्रह गरेको छ।

चर्चामा रहेको नेपाली चलचित्र ‘ए मेरो हजुर-४’ रिलिज हुने अघिल्लो दिन सो फिल्मका अभिनेता अनमोल केसी र सुहाना थापा बुढानिलकण्ठ पुगेका छन्।

सुहाना र अनमोल कृष्णभक्त समेत हुन। आज एकादशीको उपवास बसेका उनीहरुले  बुढानिलकण्ठस्थित हरेकृष्ण धामको मन्दिरमा दर्शन गरेर आर्शिवाद ग्रहण गरेका छन्।

चलचित्र ‘ए मेरो हजुर ४’ मा हरेकृष्ण मन्दिरको पनि छायांकन रहेको बताइएको छ।

 

तस्विर सौजन्यः पत्रिदासको फेसबुकवालबाट

 


प्रतिक्रिया दिनुहोस्