फुटबल हेर्न रंगशाला पुगेका दर्शकमाथि प्रहरीले लाठी बर्सायो

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ६ : १३


काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल हेर्न गएका दर्शकमाथि प्रहरीले लाठी बर्साएको छ। 

आज १३ औँ सागको समापनसँगै पुरुष फुटबलको फाइनल खेल पनि हुँदैछ । फाइनल खेलका लागि नेपाल र भुटान भिड्दैछन्। खेल हेर्नका लागि टिकट खोज्दै रंगशाला पुगेका दर्शकमाथि प्रहरीले लाठीचार्ज गरेको हो । सबै टिकट विक्री भइसकेको भन्दै उनीहरुलाई हटाउने क्रममा प्रहरीले दर्शकमाथि लाठीचार्ज गरेको छ।

फुटबलको फाइनल खेल लगत्तै समापन समारोह छ ।

सुरक्षाकर्मीले लाठी चार्ज गर्दा खेल पत्रकार सुमन चापागाईंलाई चोट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्