किशोरमाथि दुर्व्यवहार गरेको भन्दै रोनाल्डोलाई सेभ द चिल्ड्रेनले एम्बासडरबाट हटायो

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : ४१


काठमाडौं। सेभ द चिल्ड्रेनले चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आफ्नो ब्रान्ड एम्बासडरबाट हटाएको छ।

हालै गुडिसन पार्कमा घरेलु टोली एभर्टनसँग १–० ले पराजित भएको खेलमा रोनाल्डोले खेल सकिएपछि एक किशोरमाथि दुर्व्यवहार गरेका थिए।

चेन्जिङ रुम फर्कने क्रममा १४ वर्षीय एभर्टनका समर्थकको फोन खोसेर भुईमा फालेको भन्दै सेभ द चिल्ड्रेनले उनलाई एम्बासडरबाट हटाएको हो।

बालबालिका तथा किशोर–किशोरीको वकालत गर्ने संस्थाले रोनाल्डोको कार्य सम्मानजनक नभएको उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस्