काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ।
आज छापावाल सुन प्रतितोता ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।