युक्रेनी सेनाद्वारा देशद्रोहको आरोप लागेका रुस समर्थक राजनीतिज्ञ गिरफ्तार

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १० : ३९


काठमाडौं। युक्रेनी सेनाले देशद्रोहको आरोप लागेका एक रुस समर्थक राजनीतिज्ञलाई गिरफ्तार गरेको छ।

युक्रेनका विपक्षी नेता भिक्टोर मेडभेडचुक पक्राउ परेका हुन्। रुसी राष्ट्रपति पुटिनका निकट मानिएका उनी देशद्रोहको आरोपमा नजरबन्दमा थिए।

तर रुसले युक्रेनमा आक्रमण थालेसँगै उनी फरार भएका थिए। उनी युक्रेनका सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा पनि पर्दछन्।

रुसको पक्षमा वकालत गर्ने गरेका कारण उनी युक्रेनी सरकारको निशानामा थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस्