सुर्खेतमा नेटवर्कको सिग्नल छ तर फोनले कामै गर्दैन

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १० : २३


सुर्खेत। नलगाड नगरपालिकाका –८ जाजरकोटकी विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेनबाट फोन गर्दा हैरान भएको छ। उनको मोवाइलमा नमस्तेको नेटवर्क छ सधै आउछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको खत्रीले बताइन्।

नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने , फोन डाइल गर्न वित्तिकै नलाग्ने समस्यले गर्दा सेवाग्रही हैरान भएको खत्रीले पीडा सुनाइन्। एनसेल महँगो छ तर राम्रो कुरा अवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ उनले थपिन।

उनी जस्तै नलगाड नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाइ समेत फोन नलाग्ने र लागेपनि नबुभझिने समस्यले गर्दा दिक्क लागेको छ। फोनमा समस्य आएको कुरा नेपाल टेलिकमलाइ जानकारी पनि गराएको छ तर , टेलिकमले त्यो गुनासो सुनेपनि नसुनेझै भएको छ।

फोर जी सेवा विस्तार सँगै फोनमा समस्य आएको सेवाग्रहीको गुनासो रहेको छ। विहान र बेलुकी मात्र थोरै भएपनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरु हैरान भएको नलगाड –८ कै फत्तबहादुर खत्रीले जानकारी दिए। यो समस्य भएको दुइ महिना बढी भैइसकेको तर सुनुवाइ नभएको बारेकोट गाउँपालिका –५ का जनकबहादुर शाहीले जानकारी दिए।

सदरमुकामकै अधिकांश ठाउँमा फोनले काम नगरेको गुनासो धेरै आउने गरेको छ। उत्ता रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको टावरमा समस्य आउदा त्यसको नेटवर्क डोल्पाको मुड्केचुलामा समेत भएकाले दुवै ठाउँमा फोन सेवा अवरुद्ध भएको छ।

पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छोडेको सर्वसाधारणहरु बताउँछन्। फोनमा हेलो हेलो गर्दा गर्दै फोन कट्दा आफूहरु निकै समस्यामा परेको जाजरकोट नलगाड नगरपालिकाबासीको गुनासो रहेको छ।

जाजरकोटको अधिकांश ठाउँमा नेपाल टेलिकमको टावरहरु रहेपनि भरपर्दो काम नगर्दा सेवा लिने आम नागरिकहरु पीडा सुनाउछन्। वर्षामा आकाशमा बादल देखिन बित्तिकै टावर बन्द हुने , हिउदमा फोन नै नबुझिने समस्यले गर्दा आफूहरु हैरान भएको बारेकोट –४ का जयलाल बोहराले बताए।


प्रतिक्रिया दिनुहोस्