एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १० : ०३


काठमाडौं। पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ ।

ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ गोल अन्तरले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो ।

यसअघि सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघ कास्की शाखालाई ६–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा गरेको थियो ।

प्रतियोगिताको उपविजेता ललितपुरले सेमिफाइनलमा टिम शिलापत्रलाई ४–१ ले हराएको थियो । विजेता न्युज २४ ले नगद २५ हजार, ट्रफी र मेडल हात पार्‍यो । उपविजेता ललितपुरले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गर्‍यो ।

प्रतियोगितामा विधागततर्फको उत्कृष्टतामा पनि न्युज २४कै बर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक न्युज २४ का पियुषबहादुर श्रेष्ठ घोषित हु“दा विजेता टिमका सुरज महर्जन उत्कष्ट खेलाडी घोषित भए । सुरजले प्रतियोगितामा कुल १४ गोल गरे । विधागततर्फ उत्कृष्ट हुनेले जनही नगद २५ सय र ट्रफी हात पारे ।

महासंघले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको मिडिया कप फुटसलमा एशोसियट, प्रतिष्ठान र जिल्ला शाखा गरी १६ टीमको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्