मानव अंगसहित एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बले मानव अंगसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।
भारतको बिहार प्रदेशस्थित पूर्णिया ग्रामपञ्चायतका सिन्हालाई रानीस्थित मुख्य भन्सार नाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले बताए।
उनीबाट १ वटा मानव खप्पर, खुट्टाको हड्डी ३ थान, हातको हड्डी ६ वटा, करङ ७ वटा, बंगाराको हड्डी १ वटा, काँधको हड्डी २ वटा, घाँटीको हड्डी १ वटा, हिपको हड्डी १ वटा, ढाडको हड्डी ८ वटा, औलाको हड्डी ८ वटा र कुरकुच्चाको हड्डी ८ वटा बरामद गरिएको गणपति लामिछानेले बताए।