राजस्थान । राजस्थानका सिनेमा हलमा त्यहाँका जाट समुदायले तोडफोड र आगलागी गरेपछि सो क्षेत्रका सिनेमा हल सुरक्षाको कारण देखाउँदै बन्द गरिएका छन्।
शुक्रवारबाट अर्जन कपुर, सञ्जय दत्त, कृति सेनन आदि अभिनित फिल्म ‘पानीपत’ प्रदर्शनमा आएको छ।
यो फिल्मले आफूहरूको गौरवशाली इतिहासलाई खराब रूपमा प्रस्तुत गरेको भन्दै जाट समुदायले यो सिनामालाई देशव्यापी रूपमा पदर्शन रोक्नुपर्ने माग गरेका छन्।
राजस्थानका जाट समुदायको युवाले एउटा सिनेमा हलमा तोडफोड र आगजनि गरेपछि त्यहाँका बाँकी सिनेमा हल बन्द गरिएका हुन्। आजको राजधानी दैनिकले खबर छापेको छ।