राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिले सेना परिचालनको अनुमति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।