अपरिचित व्यक्तिले धक्का दिँदा महिला एकाएक बनिन् अरबपति!

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ३८


एजेन्सी । बाटोमा हिँडिरहेका बेला कसैले हामीलाई धकेल्छ र हामी झुक्किएर कुनै नम्बर दबाउँछौं जसले हामीलाई अर्बौंको मालिक बनाउँला? यस्तो कल्पना समेत गर्न सकिँदैन।

सुन्दै अनौठो लाग्ने यो घटना हालै एक महिलाको जिवनमा घटेको छ। जहाँ बाटोमा हिँडिरहेका एक युवक धक्का दिएर जान्छन् जसका कारण महिलाले एउटा नम्बर दबाउन पुगिन् र १० मिलियन डलर अर्थात् एक अर्ब रूपैयाँ पुरस्कार हात पारिन्।

यो घटना अमेरिकाको क्यालिफोर्नियाको हो। लाक्वेड्रा एडभर्स नामकी महिला लट्रिको लागि टिकट किन्न गएकी थिइन्।

उनले आफूले मन लागेको टिकटका लागि बटम थिच्नै लागेकी थिइन्। पछाडीबाट आइरहेका एक व्यक्ति उनीसँग ठोक्किन पुग्छन।

युवकले धकेलेपछि उनी रिसले चुर भएकी थिइन्। किनकी उनले आफूले चाहेको भन्दा झुक्किएर अर्कै नम्बर थिचिएको थियो। गल्तीले अर्को बटम थिचिएर पाएको टिकटले नै उनलाई अर्बौको मालिक बनायो।

एबिसी न्युजका अनुसार ति महिलाले ३० डलर (करिब ५ हजार रुपैंयामा) लोटरी टिकट किनेकी थिइन्।

उनले वास्तवमा अर्कै नम्बरको टिकट चाहेकी थिइन। तर युवकले धक्का दिएर गएपछि दबाइएको अर्को टिकट हात परेपछि उनीसँग अर्को कुनै विकल्पनै थिएन। उनको टिकट निस्की सकेको थियो ।

जब उनले गाडीमा गएर टिकट स्क्रयाज गरिन् तब उनी चकित भइन्। उनलाई १० मिलियन डलरको पुरष्कार परेको रहेछ। एक धक्काले आफूलाई यति ठूलो राशीको पुरष्कार पाउला भनेर विश्वास नै नलागेको उनले बताएकी छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्