झारखण्ड केबलकार दुर्घटनाः अड्किएका ४६ जनाको ४५ घण्टापछि उद्धार, ४ को मृत्यु

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : ३५


एजेन्सि । भारतको झारखण्डमा भएको केबलकार दुर्घटनामा परेकाहरुको ४५ घण्टापछि उद्धार भएको छ। दुर्घटनामा फसेका ४८ जना मध्ये ४६ को सकुशल उद्धार गरिएको छ। दुर्घटनामा ४ जनाले ज्यान गुमाए भने १२ भन्दा बढी घाइते छन्।

उद्धारको क्रममा दोस्रो दिन समेत एक महिला केबलकारको बक्सबाट खसेकी थिईन। उनको घटना स्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। सोमबार समेत उद्धारका क्रममा एक युवक हेलिकप्टरमा चढ्दै गर्दा अचानक खसेर मृत्यु भएको थियो।

मंगलबार करिब ७ घण्टा उद्धार चलेको थियो। एयरफोर्स र आइटिबिपिका उद्धारकर्मीले हेलिकप्टरबाट करिब २५ सय फिटमाथि गएर केबलकारको ३ बाक्सामा अड्किएर बसेका १५ जनाको उद्धार गरेको थियो। धेरै उचाइ र हावा चलिरहेका कारण उद्धारकार्यमा समस्या भएको थियो।

उद्धारको क्रममा सेप्टिबेल्ट चुडिँएर थप एक व्यक्तिको हेलिकप्टरबाट मुनि खसेर मृत्यु भएको बताइएको छ। अध्यारो र कुहिरोका कारण उद्धार कार्य प्रभावित भएको थियो।

भारतीय सेना, वायुसेना र एनडिआरएफको टोलीले केवलकारको डोरीमा फेसकाहरुको सावधानीपूर्णरुपमा उद्धार गरेको हो।

उद्धारकार्यमा भारतीय वायुसेनाले तीन हेलिकप्टर प्रयोग गरेको थियो। उच्च अधिकारिहरु उद्धारकार्यमा खटिएका थिए।

दुर्घटनामा घाइते १२ जनाको अहिले अस्पतालमा उपचार भैरहेको छ। त्यसमा महिला र बालबालिका समेत छन्। कतिपयलाई आइसियूमा भर्ना गरिएको छ। आइतबार साँझ झारखन्डस्थित देवघर जिल्लामा पर्ने त्रिकुटमा दुई केबलकार ठोक्किँदा सो दुर्घटना भएको हो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्