‘ए मेरो हजुर-४’ बारेका हल्ला गलत, फिल्म निर्धारित मितिमै रिलिज हुन्छ: झरना थापा

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : २२


काठमाडौं । अनमोल केसी अभिनित नयाँ चलचित्र ‘ए मेरो हजुर-४’ बैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ।

सोही दिन दक्षिण भारतीय फिल्म पनि रिलिज हुनेभएपछि विभिन्न टिका टिप्पणीभइरहेका छन्।

फिल्म निर्माता झरना थापाले निर्धारित मितिमै सो फिल्म प्रदर्शन हुने बताएकी छन् ।

विदेशी चलचित्रसँग एक्लै लड्नु परे पनि मैदान छाडेर नभाग्ने उनको अठोट छ।

निर्देशक थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो चलचित्रको प्रदर्शन स्थगित गरेको भनेर झुटो हल्ला फैलाइएको समेत गुनासो गरेकी छन्।

 


प्रतिक्रिया दिनुहोस्