लक्ष्यभन्दा १ वर्ष पहिले नै फास्ट ट्र्याक निर्माण

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १ : ४५


काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना काठमाडौँ तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण कार्य अबको तीन वर्ष ६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।  

सरकारको नीति तथा कार्यक्रमले ५ वर्ष र स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा साढे चार वर्षको अवधि तोकिए पनि त्यसअघि नै सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको सेनाले जनाएको छ। 

डीपीआर कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको हो । आजको गोरखापत्र दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्