रुदैँ झापाली एमाले नेताले गरे पार्टी परित्याग

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : ०६


काठमाडौं । केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेका एक जिल्ला नेताले पार्टी परित्याग गरेका छन्।

अध्यक्ष ओलीको गृहजिल्ला झापाका नेता रहेका एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले आफू अन्यायमा परेको भन्दै पार्टी छाडेका हुन।

मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार सिफारिसमा नपरेपछि उनले रुँदै पार्टी परित्याग गरेको बताइएको छ।

पत्रकार सम्मेलनमा आँसु खसालेका उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन्।’


प्रतिक्रिया दिनुहोस्