रुसी हमलामा ४८ लाख बालबालिका विस्थापित

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : ४४


किभ । युक्रेनमा रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित भएका छन्। यो युक्रेनका बालबालिकाको कुल जनसंख्याको झन्डै दुई तिहाई हो।

राष्ट्रसंघीय बालकोष युनिसेफका आपतकालीन कार्यक्रम निर्देशक म्यानुअल फोनटाइनले यति ठूलो संख्यामा बालबालिका विस्थापित भएको पहिलो पटक देखेको उनले टिप्पणी गरेका छन्।

शरणार्थी बालबालिकामध्ये २८ लाख देशभित्रै र २० लाख अन्य देशमा विस्थापित भएको उनले बताए।

२४ फेब्रुवरीदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १४२ जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघले पुष्टि गरेको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्