काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को समापनमा समारोह आज हुँदैछ।
ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ।
सार्वजनिक र निजी दुबै सवारी साधनको हकमा यो नियम लागू हुनेछ। ट्राफिक प्रहरीका अनुसार आज जोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन्। आज बिजोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न पाउने छैनन्।
जोर बिजोरको गणना अन्तिम अंकबाट निर्धारण हुनेछ।