भारतमा लिकमा बसिरहेका व्यक्तिहरुलाई किच्यो रेलले, ६ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ०३


काठमाडौं। भारतमा सोमबार राति रेलले किचेर ६ जनाको मृत्यु भएको छ।

आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा कोणार्क एक्सप्रेस ट्रेनले उनीहरुलाई कुल्चिएको हो।

प्रहरीका अनुसार मारिने व्यक्तिहरु गुहावटी गइरहेका थिए।

उनीहरु सवार रहेको सुपरफास्ट एक्सप्रेसको ट्रने बिग्रिएपछि उनीहरु अलि अगाडि गएर रेल गुड्ने लिकमा गएर बसेका थिए।

तर विपरित दिशाबाट अर्को रेल हुँइकिएर आएपछि उनीहरु मारिएका हुन्। रेल चालकबीच संचार हुन नसक्दा यो दुर्घटना भएको हो। हिन्दुस्तान टाइम्स


प्रतिक्रिया दिनुहोस्