‘रुसी सेनाको आक्रमणमा मारियुपोल शहरमा मात्र १० हजारभन्दा बढी सर्वसाधारण मारिए’

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : ४६


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको दुई महिना पुरा हुन लागेको छ। हालसम्म युद्ध रोकिएको छैन।

यस क्रममा युक्रेनस्थित मारियुपोल शहरका मेयरले एपीसँगको कुराकानीमा आफ्नो शहरमा मात्र १० हजारभन्दा बढी सर्वसाधारण मारिएको जानकारी दिएका छन्।

मेयर भेदिम बायसेन्कोले सोमबार एपीसँग भने,‘सडक सर्वसाधारणको लाशले भरिएका छन्।’

सो क्रममा उनले सो शहरमा अझै १ लाख २० हजार मानिस फसेको पनि जानकारी दिएका छन्। उनीहरुलाई खानेकुरा, पानी र औषधिको कमी भएको बताइएको छ।

उनले रुसी सेनाहरुले ट्रकमा शवहरु भेला पारेर खरानी बनाएको पनि दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्