काठमाडौँ । नेशनल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच ४ बुँदे सहमति भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहभगितामा कलेर प्रशासन र आन्दोलनरत विद्यार्थीबीच उक्त सहमति भएको हो।
बढी शुल्क फिर्ता र समायोजन गर्ने लगायतका ४ बुँदे सहमति भएपछि विद्यार्थीले आन्दोलन स्थगित गरेका छन्। सहमतिका लागि शिक्षा मन्त्रालयका तर्फबाट शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन केसी वीरगञ्ज पुग्नुभएको थियो।
सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरु एक महिनादेखि आन्दोलनमा थिए।
यस्तो छ सहमति पत्र