काठमाडौं। हिरासतमा रहेका अभिनेता पल शाहले सर्वोकृष्ट नायकको अवार्ड जितेका छन्।
चलचित्र विकास बोर्डमा सोमबार एक कार्यक्रमको आयोजना गरि अभिनेता पललाई सार्वोकृष्ट नायकको अवार्ड दिइएको हो।
बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन्। त्यस्तै सर्वोकृष्ट नायिकाको अवार्ड नायिका पूजा शर्मा र सर्वोकृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले जितेका छन्।
उनीहरुले ‘म यस्तो गीत गाउँछु – २’ बाट सर्वोत्कृष्ट नायक, नायिका र निर्देशकको अवार्ड जितेका हुन्।
त्यस्तैगरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित भएको छ। नायक पल शाह हाल नाबालिका बलात्कार गरेको आरोपमा हिरासतमा रहेका छन् ।