रुकुम पश्चिमको एनटीसी टावरमा खरावी आउदा डोल्पामा सञ्चार सेवा अवरुद्ध

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : १६


सुर्खेत। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नमस्ते प्राविधिको टावरमा खरावी आउदा डोल्पामा सञ्चार सेवा अवरुद्ध भएको छ।

दुइ दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र , रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बन्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

यता नेपाल टेलिकम क्षेत्रिय कार्यालय नेपालगन्जले प्राविधिक सहितको टोली मंगलबार पठाउने काम सुरु भएको बताएको छ। चुनावको मुखैमा सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन्।

जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहदा पनि राम्रो सँग काम नगर्ने , आवाज नवुझिने समस्य रहेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए।


प्रतिक्रिया दिनुहोस्