आइपीएलमा गुजरातको पहिलो हार

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ४२


काठमाडौं। सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग आईपीएल टी२० प्रतियोगितामा सोमबार गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।

यता, हैदराबादको भने यो दोस्रो जित हो ।

सोमबार राति मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे ।
गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो ।

उसका कप्तान हार्दिकले ५० रन बनाए । हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्