एजेन्सी। चीनले कोरोना संक्रमण विरुद्ध ‘जिरो कोभिड पोलिसी’ अपनाइरहेको छ।
चीनको सबैभन्दा ठूलो शहर संघाइमा चिनियाँ कम्युनिष्ट सरकारले कडा लकडाउन लागू गरेको छ। लामो समय देखिको लकडाउनको कारण स्थानीयहरु सरकारसँग आक्रोश पोख्न थालेका छन्।
लकडाउनका कारण घरभित्र कैद भएकाहरु आफ्नो घरको झ्यालबाट चिच्याएको आवाज सुनिन थालेको छ। त्यस्तै एउटा भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको छ जसमा मानिसहरुले अधिकारीहरुसँग आक्रोश पोखिरहेको देख्न सकिन्छ। लकडाउनको विरोध गर्दै उनीहरुले आक्रोश पोखेको बताइएको छ।
कोरोना भाइरस फैलिन नदिन चीनले संघाई शहरमा अप्रिल ५ देखि पूर्णरुपमा लकडाउन गरेको हो। जसका कारण सहरका २४ करोड मानिस घरमा थुनिएर बस्न बाध्य छन्।
चर्चित अमेरिकी स्वास्थ्य बैज्ञानिक डा.एरिक फिगल डिन्गले संघाई शहरको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै त्यहाँको अवस्था देखाएका छन्।
उनले ट्वीटमा लेखेका छन्, ‘संघाइमा गरिएको लकडाउनको सातौं दिन! मानिसहरु अपार्टमेन्ट र अग्ला घरबाट चिच्याइ रहेका छन्। चिच्याउने मध्येका एक व्यक्ति भनिरहेका छन् धेरै गारो हुने वाला छ। यसरी थुनेर धेरै समय राख्न सकिदैन। मानिसहरुमा त्रास बढ्दो छ।’
Residents in #Shanghai screaming from high rise apartments after 7 straight days of the city lockdown. The narrator worries that there will be major problems. (in Shanghainese dialect—he predicts people can’t hold out much longer—he implies tragedy).pic.twitter.com/jsQt6IdQNh
— Eric Feigl-Ding (@DrEricDing) April 10, 2022
डा.एरिकले ट्वीटमा मानिसको आक्रोश चाडैनै विष्पोट हुने बताएका छन।
स्वास्थ्य विज्ञ डा.एरिकले सांघाईमा कोरोना संक्रमणका घटनाहरु तीव्र रुपमा बढ्दै गएको र चीनमा ओमिक्रोनको BA.2 संस्करण अझै बढ्ने बताएका छन्।
खाद्य बस्तुको लागि झगडा गदैँछन् मानिस
संघाईमा कडा लकडाउन भएको कारण खाद्यसामग्रीकै अभाव देखिन थालेको छ। स्थानीयले केहि सागसब्जीलाई थोरै थोरै गरेर कयौं दिन पुर्याएर खाने गरेको बताएको भिडियो बाहिर आईरहेका छन्।
8) Are people going hungry in Shanghai? Yes. Many people down to one meal a day. You can see here people rationing their vegetables into meal chunks. Dialogue is in Shanghainese, so it’s legit—checks out. pic.twitter.com/rhu7hsnLl8
— Eric Feigl-Ding (@DrEricDing) April 10, 2022
सो सहरमा आइतबार २५ हजार जनालाई कोरोना संक्रमण भएको खबर छ।
मानिसहरुलाई सडकमा निस्कन बन्देज लगाईएको छ। केवल स्वास्थ्यकर्मी, स्वयंमसेवक, खाद्यवस्तुको ओसारपोसार गर्ने मानिस र विशेष अनुमति लिएका मात्र सडकमा निस्किन अनुमति रहेको छ। एजेन्सी