कास्कीको रुपामा एमालेका-३ वडाअध्यक्ष सर्वसम्मत सिफारिस

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : १३


पोखरा । स्थानीय तहको चुनाव नजिकिएसँगै कास्कीमा दलहरूले आफ्ना उम्मेदवारको खोजी सुरु गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वडा तहबाट उम्मेदवार सिफारिस सुरू गरेको हो।

एमालेले रुपा गाउँपालिकाका ३ वटा वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।

वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत उम्मेदवार टुंगो लागेको एमाले रुपा गाउँपालिकाले जनाएको छ। वडा नम्बर ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षको अन्तिम उम्मेदवार बनेका छन्।

यसअघिको निर्वाचनमा ५ र ६ एमालेले जितेको हो भने ७ मा कांग्रेसले वडाध्यक्ष र एकजना सदस्य जितेको थियो।

अध्यक्षसहित सदस्यहरूको नाम समेत सिफारिस भएको बताईएको छ। बाँकी वडाहरुमा आजै साँझसम्म आन्तरिक प्रतिस्प्रर्धाबाट उम्मेदवारको टुंगो लाग्ने एमालेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्