जापान जान लागेकी नेपाली महिला एक राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट गिरफ्तार

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : ०८


काठमाडौं। नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन्।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गएराति पक्राउ गरिएको हो।

नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो।

उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्