साउथ चलचित्र ‘केजीएफ–२’ रिलिज हुने दिन साहिदको चलचित्र ‘जर्सी’ प्रदर्शन नहुने, सार्यो मिति

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १ : ०४


काठमाडौं। साहिद कपुरले अभिनय गरेको चलचित्र ‘जर्सी’को रिलिज मिति सारिएको छ।

सो मितिमा दक्षिण भारतीय चलचित्र ‘केजीएफ–२’ प्रदर्शन हुने भएपछि साहिदको चलचत्रि पछाडि प्रदर्शन हुने भएको हो।

बलिउड हंगामाका अनुसार अब यो फिल्म अप्रिल २२ मा मात्र प्रदर्शन हुनेछ।

पछिल्लो समय बलिउड चलचित्रहरु साउथ इन्डियन चलचित्रभन्दा कमजोर देखिएका छन्। कथावस्तुसँगै कमाइको हिसाबले साउथ इन्डियन निकै अगाडि देखिएको छ।


प्रतिक्रिया दिनुहोस्