ज्योति विकास बैंकद्धारा कास्कीको घान्द्रुकमा पहिलो एटीएम संञ्चालन

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ०८


काठमाडौ। ज्योति विकास बैंकले कास्कीको घान्द्रुकमा पहिलो एटीएम संचालनमा ल्याएको छ।

ग्राहकहरुलाई सेवा दिन र छिटो, छरितो र सजिलो बैंकिङ कारोबारको लागि घान्द्रुक शाखा कार्यलय रहेको ठाउँमा एटीएम सञ्चालनमा ल्याइएको हो।

अन्नपुर्ण गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार गुरुङले एटीएमको उद्घाटन गरेका थिए।

बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम ,लहान कञ्चनबारी र कटारीमा नयाँ चार शाखा पनि विस्तार गरिएको बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्