गेस्टहाउसमा लगेर ३ नेपाली बालिकामाथि बलात्कार गर्ने अमेरिकी नागरिक पक्राउ

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १० : ४२


काठमाडौँ । गेस्टहाउसमा लगेर ३ नेपाली बालिकामाथि बलात्कार गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन्। 

आर्थिक प्रलोभन देखाइ बलात्कार गरेको अभियोगमा प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४० वर्षीय अमेरिकी नागरिक जेसन लोयड मुडी रहेका छन्। 

उनले बालिकालाई आर्थिक प्रलोभन देखाउँदै एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ मा लगेर यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो । 


प्रतिक्रिया दिनुहोस्