भक्तपुरको विस्का जात्रामा झगडा हुँदा २० जनाभन्दा बढी घाइते

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ३१


भक्तपुर। भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा वढी घाइते भएका छन्।

सोमबार राति भैरबनाथको रथ तान्ने क्रममा झै–झगडा हुँदा घाइते भएका हुन्। जात्राको क्रममा राति पौनो नौ बजेबाट ढुंगामुढासमेत भएको थियो।

ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँंका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ।

६ जना टाँंका लगाउनुपर्ने विरामी आएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ।

त्राको क्रममा सयौ युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ। यो क्रममा राति झै(झगडा हुने गर्दछ। भक्तपुरको विस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस्