औरही गाउँपालिकामा जसपालाई झटका: उपाध्यक्षले गरे कांग्रेसमा प्रवेश

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : २९


सिरहा । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। जसपाबाट उपाध्यक्षमा निर्वाचित उनी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेपछि जसपालाई ठूलो झटका लागेको छ।

गत स्थानीय तहको निर्वाचनमा उनी औरही गाउँपालिकामा उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका थिए।

उनले केहीदिन अगाडी पार्टी परित्याग गरेको घोषणासमेत गरेकी थिइन्। उनीसहित जसपा र अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव शैलेन्द्र यादवले जनाएको छ।

यो पटक पुनः उपाध्यक्षको टिकट नदिने भएपछि उनले जसपा छाडेको बताइन्छ।

कांग्रेसले भने उनलाई उपाध्यक्षको टिकट दिने आश्वासन दिएर पार्टीमा ल्याएको जिल्ला सचिव यादवले जनाए। कांग्रेस केन्द्रीय सदस्य दिनेश प्रसाद यादव र जिल्ला सभापति रामचन्द्र यादवले उनलाई फूल माला र अबिर लगाई पार्टीमा स्वागत गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्