काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले २० वर्षपछि स्वर्ण जितेको छ।
सातदोबाटोस्थित कराते हलमा सोमबार भएको खेलमा नेपालकी मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्। २० वर्षपछि सागमा बक्सिङ तर्फ यो पहिलो स्वर्ण हो।
महिला ४३ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।
महिला ४८ केजीमा नेपालकी ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै रजतमा सिमित भइन्।