फिनल्यान्डकी सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ९ : २१


एजेन्सी । फिनल्यान्ड ३४ वर्षीकी सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छन् । 

उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन् ।

प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो । उनले यही साता पदभार ग्रहण गर्ने बीबीसीले जनाएको छ।

नयाँ सरकारमा पाँचवटा दल सहभागी हुने भएका छन् ।

हाल विश्वका कम उमेरका प्रधानमन्त्रीमध्ये युक्रेनका ३५ वर्षीय ओलेक्सेइ होन्चारुक  छन् भने उनीपछि न्युजिल्यान्डकी ३९ वर्षीया जासिन्डा आर्डेन ।

 


प्रतिक्रिया दिनुहोस्