पाकिस्तानी खेलाडीलाई दूतावासको सम्मान

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : ४०


काठमाडौं । नेपाल स्थित पाकिस्तानी राजदूतावासले दक्षिण एशियाली खेलकुदमा सहभागि पाकिस्तानी खेलाडीहरुलाई सम्मान गरेको छ ।

राजदूतावासले काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा खेल्न आएका खेलाडीहरुलाई रात्रिभोज आयोजना गरी सम्मान गरेको हो ।

दुतावासले खेलाडीहरुले राम्रो प्रतिस्प्रधा गरिरहेको र थप उर्जा दिन सम्मान गरिएको बताएको छ ।

१३ औं सागमा पाकिस्तानले अहिले सम्म २९ स्वर्ण, ३४ रजत तथा ४७ काँस्य गरी कुल १ सय १० पदक प्राप्त गरेको छ ।

साग सकिन दुई दिन अघि राजदूतावासले आफुहरुलाई सम्मान गरेकाले थप उर्जा मिलेको खेलाडीहरुले बताएका छन् ।

नेपालका लागि पाकिस्तानी राजदूत मजहार जावेदले आफ्ना खेलाडीहरुले अपेक्षा अनुसार प्रदर्शन गरी पदक जितेको भन्दै प्रशंसा गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्