कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गमा भएको कार दुर्घटनामा परी ग्लोबल आईएमई बैँकका प्रबन्धक सुरज पाण्डेको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गस्थित कपिलवस्तुको बोर्डगाउँ नजिकै बा ६ च ६३९० नम्बरको कार सोमबार बिहान ८ बजेतिर दुर्घटनामा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धक पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। २९ वर्षीय पाण्डे नगरपालिका–९ हरनामपुर निवासी हुन्।
पाण्डेले चलाएको कार तिब्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनामा अन्य ५ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको बुटवल तथा ३ जनाको स्थानीय वाणगंगामाको सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।