भारतमा खतरनाक चोरः बिहारको ६० फिट लामो फलामे पुल नै चोरीदिए!

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : २८


बिहार। भारतको बिहारमा अचम्मको चारी घटना सार्वजनिक भएको छ।

बीबीसीहिन्दीका अनुसार ६० फिट लामो फलामको पुल नै चोरी भएको छ।

रोहतास जिल्लाको विक्रमगञ्ज उपखण्ड क्षेत्रमा रहेको ६० फिट लामो पुल शुक्रबार चोरी भएको हो।

प्रहरीका अनुसार चोरहरूले पिकअप भ्यान, ग्यास कटर, जेसिबी र सवारी साधन लिएर आएका थिए। उनीहरूले पूरै पुल काट्न तीन दिन लगाएको र काटेपछि उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो चोरहरूले सिँचाइ विभागको अधिकृत भनेर स्थानीय सरकारी कर्मचारीको सहयोगमा पुल चोरी गरेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस्