मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा २ जनाको मृत्यु

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : ४४


पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल  ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स १ च ६९३ नम्बरको एम्बुलेन्स ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका १२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

महराको घटनास्थलमै र मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो ।  दुवै शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्