न्युजिल्याण्डको ज्वालामुखीमा १ जनाको मृत्यु

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : ३०


अकल्याण्ड । न्युजिल्यान्डमा ज्वालामुखी विस्फोटपछि एक जनाको मृत्यु भएको छ । 

ह्वाइट आइल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा एक जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

स्थानीय समयअनुसार दिउँसको २ बजे ज्वालामुखी विस्फोट भएको स्थान पर्यटकीय गन्तव्य रहेको बताइएको छ । 

प्रहरीका अनुसार सो क्षेत्रमा करिब ५० जना व्यक्ति थिए। हालसम्म २३ जनाको उद्धार गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्