जात्रा सिरिज छाडेर ‘महापुरुष’ निर्देशन गर्दै प्रदीप भट्टराई

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ०४


काठमाडौं। जात्रा सिरिजमार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ फिल्म ‘महापुरुष’ को तयारीमा जुटेका छन्।

वैशाखबाट फिल्मको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले स्क्रिप्टको काम लगभग सकिएको बताए।

जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका शत्रु गते र जात्रैजात्रालाई पनि दर्शकले रुचाइसकेका छन्।

‘डेब्यु फिल्ममार्फत नै पाइरहेको सफलताले ममाथि जिम्मेवारी थपिएको छ। सफलता त व्यावसायिकता भयो नै मैंले दर्शकमाझ बनाएको विश्वासलाई गुमाउनु छैन। बढाउनुपर्ने छ,’ निर्देशक भट्टराईले भने। उनले यसपटक जात्रा सिरिजभन्दा बाहिरको ‘महापुरुष’ टाइटलमा फिल्म गर्दैछन्।

प्रदीपले निर्देशन गर्ने फिल्मलाई रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो। महजोडी अर्थात् वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका फिल्ममा रवीन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय हुनेछ।


प्रतिक्रिया दिनुहोस्