काभ्रेको घिमिरे गाउँमा विस्फोटन, एक गम्भीर घाइते

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : ५८


काठमाडौं। काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्।

उनको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन। घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

घटनास्थल क्षेत्रमा नेपाली सेनाले नियमित फायरिङ गर्दै आएका छन्। सो क्रममा ‘मिस फायरिङ’ भएको हुन सक्ने डीएसपी खतिवडाले बताए।


प्रतिक्रिया दिनुहोस्