मुंबई । पत्नी प्रेमीसँग भागेपछि पतिले दुई छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्।
यो घटना भारतको मुंबईस्थित चेंबुर भन्ने स्थानको हो। जहाँ पत्नी प्रेमीसँग भागेको कारण दुखी भएका पतिले दुई बच्चाको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन्।
आत्महत्या गर्ने व्यक्ति चेंबूरस्थित कस्तूरबा नगरका बस्ने दिनेश यादव रहेको भारतीय मिडिया आजतकले जनाएको छ। जसका दुई बच्चा थिए। एक जना तीन वर्ष र अर्कोको उमेर १ वर्षको थियो।
छिमेकीका अनुसार आइतबार विहान दिनेशका भाइले ढोका ढकढकाउँदा ढोका खुलेन्। त्यसपछि उनले छिमेकीको सहयोगमा ढोका खोल्दा त्यहाँको दृष्यले उनको होस् उड्यो।
दिनेशले छतमा रहेको पंखामा फाँसी लगाएर आत्महत्या गरेका थिए भने दुई बच्चा तल मरेको अवस्थामा भेटिए। घटनाका बारेमा जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले उनीहरुको शव पोस्टमार्टमका लागि पठाएको छ।
प्रहरीका अनुसार उनकी पत्नी दुई पटक प्रेमीसँग भागिसकेको थिइन्। तर दिनेशले उनलाई फेरि घर फर्काएका थिए। शनिबार उनी फेरि थाहा नै नदिई घर छोडेर गइन्। पत्नी घर छोडेर गएपछि दिनेश निकै दुखी दिए। अहिले प्रहरीले सोधपुछका लागि उनको पत्नीको खोजी गरिरहेको छ।